शुक्रबार नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड हुने

काठमाडौं, १८ फागुन । नेष्डो समृद्ध लघुवित्त संस्थाको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ ।
लघुवित्तको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शुक्रबारसम्म बाँडफाँड हुने जनाएको हो ।
लघुवित्तको आइपिओ आवेदनका लागि फागुन ११ गते देखि १५ गतेसम्म जारी पुँजी २५ करोड ७० लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशनमा गरेको थियो ।
जसमध्ये कर्मचारीहरुलाई ०.५० प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता शेयर सुरक्षित गरी बाँकी रहने ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरमा सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार