गीत
मेरो प्रगतिमा तिम्रै हात छ
कयौ विहान जन्माउने हर रात छ ।।
शिखर मैले टेके पनि उर्जा तिम्रै हो
नामि मान्छे बनाउने सुर्ता तिम्रै हो
मेरो सफलतामा तिम्रै साथ छ
कयौ बिहान जन्माउने हर रात छ ।।
मेहनतले फुलैफुले सुवास हाम्रै हो
डोको दह्रो चट्ट पार्ने चारसुर काम्रै हो
मेरो प्रगतिमा तिम्रै हात छ
तिमी बिना मेरो जीवन बर्वाद छ ।।