फियोरेन्टिनाको आत्मघाती गोलले युभेन्ट्सको जित

एजेन्सी । कोपा इटालियाको सेमिफाइतलको पहिलो लेगमा युभेन्ट्सले महत्वपूर्ण जित गरेको छ । गएराति भएको खेलमा युभेन्ट्सले फियोरेन्टिनामाथि १–० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्ट्सको जितको लागि इन्ज्युरी समयमा आत्मघाती गोल निर्णयक गोल बन्यो । इन्ज्युरी समयको पहिलो मिनेटमा लोरेन्जो भिनुटीले आत्मघाती गोल गरेपछि युभेन्ट्सले पहिलो लेगमा सफलता हात पारेको हो ।

फियोरेन्टिनालाई फाइनल पुग्न दोस्रो लेगमा निश्चित जितको आवश्यकता रहनेछ । दोस्रो लेग युभेन्ट्सको मैदानमा २० अप्रिलमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार