काठमाडौं, १९, फागुन । एमसीसीबारे राष्ट्रिय प्रजातन्त्र पार्टीले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।
एमसीसीको विरोधमा रहेको राप्रपाले बिहीबार केन्द्रीय समितिको बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेको हो ।
एमसीसीबारे पार्टीको आधिकारिक धारणा बैठकपछि सार्वजनिक हुने स्रोतले बताएको छ । आज बैठक बिहान ८ बजे धुम्बाराहीमा सुरु भइसकेको छ ।