ट्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यू

चितवन २०, फागुन । ट्याक्टरको ठक्करबाट गएराति एक जना ट्राफिक प्रहरीका सईको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं ६ स्थित जयनेपाल चोकमा ना ४ त ८८२९ नम्बरको ट्याक्टरले सइ अर्जुन पौडेल सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । राति ९ बजेतिर चोक हुँदै बजारतर्फ गइरहेको उक्त ट्याक्टरले ना १६ प ३१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त मोटरसाइकलमा सवार सई पौडेलको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र सोका चालकलाई इलाका प्रहरी कार्यालय गितानगरले नियन्त्रणमा लिई अनुसन्धान थालिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार