माओवादी केन्द्रको बैठक सुरु

काठमाडौं २०, फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक ११ बजे राखिएपनि भर्खर सुरु भएको छ ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक ११ बजे राखिएको भएपनि साढे १ बजेपछि मात्र काठमाडौँको राष्ट्रिय सभा गृहमा सुरू भएको हो । अमेरिकी अनुदान सम्झौता एमसीसी अनुमोदनपछि माओवादी केन्द्रमा नारायणकाजी श्रेष्ठपक्षले असन्तुष्टि जनाउँदा चर्को मतभेद उत्पन्न भएको छ । बैठकमा श्रेष्ठले एमसीसीबारे लिखित रुपमै फरक मत दर्ज गर्ने तयारी गरेका छन् ।

आठौँ राष्ट्रिय महाधिवेशनपछि दोस्रो पटक बस्न लागेको यो बैठकमा एमसीसीबाहेक समसामयिक राजनीतिक परिस्थितिका साथै पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटीलाई पूर्णता दिनेबारे छलफल हुने जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार