एमसीसी सम्झौताविरुद्ध संयुक्त विरोध कार्यक्रम

काठमाडौं २०, फागुन । सुला मञ्चमा एमसीसी सम्झौताविरुद्ध साना वामपन्थी दलले विरोध कार्यक्रम आयोजना गरेका छन् ।

शुक्रबार काठमाडौंको खुला मञ्चमा एमसीसी सम्झौताविरुद्ध साना वामपन्थी दलहरूले विरोध कार्यक्रम आयोजना गरेका हो । गत बुधबार नै संयुक्त विज्ञप्ति जारी गरी विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका थिए ।

फागुन २० गते काठमाडौं उपत्यकामा विरोध प्रदर्शन र संयुक्त विरोधसभा, २२ गते बुद्धिजीवीहरुसँग अन्तरक्रिया, २४ गते विरोध प्रदर्शन र सभा, २६ गते विद्यार्थीहरूद्वारा क्याम्पस र विद्यालयमा विरोध प्रदर्शन र सभा, २८ गते युवकहरूको विरोध प्रदर्शन र सभा, ३० गते मजदुरहरुको विरोध प्रदर्शन र सभा चैत २ गते किसानहरुको विरोध प्रदर्शन र सभा, ४ गते श्रमिक र दलित समुदायको विरोध प्रदर्शन र सभा, ६ गते मोर्चाहरुले विरोध प्रदर्शन र सभाको आयोजना गर्ने जनाइएको छ ।

यस कार्यक्रममा विप्लव नेतृत्वको नेकपा, नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार