रेखा थापालाई गालीगलौज गर्नेविरुद्ध उजुरी

काठमाडौं २०, फागुन । अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको भन्दै नेपाल प्रहरीको साइबर व्यूरोमा उजुरी परेको छ ।

अभिनेत्री थापालाई गालीगलौज गरेको भन्दै उनकी दिदी तारा थापाले ए वान मिडियाविरुद्ध जाहेरी दर्ता गराएकी हुन् । अहिले चर्चाको विषयमा रहेको पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको अभिनेत्री थापालाई गालीगालैज गरिएको उजुरीमा उल्लेख छ । उजुरी परेसँगै ए वान मिडिया दर्ता भए नभएको जानकारी दिन प्रेस काउन्सिललाई व्यूरोले पत्रचार गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार