काठमाडौं २०, फागुन । सामाजिक सञ्जालको दुरुपयोग गरि फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्रामलगायतमा झुटो क्याप्सन, शीर्षक राखी अफवाह फैलाउनेलाई गृह मन्त्रालयले कारबाही गर्ने भएको छ ।
शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै सूचना प्रविधिको दुरुपयोग गरि झुटा क्याप्सन र शीर्षक राखी सम्पादित भिडियो तस्वीरहरू प्रकाशन तथा शेयर गरेर समाजमा गलत सूचना, अफवाह र सामाजिक सद्भावमा खलल पुर्याउने खालको गतिविधि गर्नेलाई कारबाही गरिने मन्त्रालयले जनाएको हो ।
उक्त क्रियाकलाप गर्नेहरूलाई विद्युतिय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुनबमोजिम कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुस् गृह मन्त्रालयको विज्ञप्ति