काठमाडौं, २२ फागुन । बालाजुको ढुंगेधारास्थित तरकारी बजारमा आगोलागी भएको छ । बालाजुस्थित ढुङगेधारामा रहेको तरकारी बेच्ने टहरामा गएराती आगोलागी भएको हो ।
गएराती १ बजेतिर आगोलागी भएको महानगरीय प्रहरी वृत्त बालाजुले जानकारी गराएका छन् । आगो निभाउन पाँच वटा दमकलको सहायताले प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट तरकारी बजारको टहरोहरूमा छतिपुगेको छ ।