स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयको आग्रह

काठमाडौं २२, फागुन । कोभिड–१९ को संक्रमण दर घटे पनि जोखिम कायमै रहेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको छन् ।

कोरोना भाइरसको नयाँ भेरियन्टहरु देखिन सक्ने भएकाले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेका हुन् । स्वास्थ्य सम्बन्धी सावधानी अपनाउन छोडिए नयाँ भेरियन्ट आएमा एकैचोटी सबैलाई संक्रमण हुन सक्ने मन्त्रालयले बताएका छन् ।

कोभिड–१९ विरुद्धको खोपको कभरेज एकदमै कम भएको अवस्थामा संक्रमण फैलिने गरी त्यहाँ धेरै भइरहँदा नयाँ भेरियन्टहरु जन्मिनसक्ने र त्यसरी नयाँ भेरियन्ट आउँदाखेरी खोप लगाएको भएपनि, नलगाएको भएपनि, संक्रमणबाट मुक्त भएको, नभएको भएपनि संक्रमण फैलन सक्ने भएकोले सम्भावित जोखिम र संक्रमणबाट बच्नका लागि विगतमा गरिएजस्तै स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने मन्त्रालयले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार