काठमाडौं २२, फागुन । नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेको छ ।
बलात्कार आरोपमा पक्राउ परेका सांसद बानियाँ आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निलम्बनमा परेको जानकारी गराएका हुन् ।
सांसद बानियालाई एक महिलाले आफुलाई बलात्कार गरेको अभियोगमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।