पल शाहलाई थप अनुसन्धानका लागि १२ दिन थुनामा राखिने

काठमाडौं २२, फागुन । बलात्कार मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका अभिनेता पल शाह थप १२ दिन हिरासतमा रहने भएका छन् ।

पक्राउ परेर हिरासतमा रहेका अभिनेता पल शाहलाई आइतबार अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तनहुँले १२ दिन म्याद थप गर्न जिल्ला अदालत तनहुँको अनुमति लिएको हो ।

थप अनुसन्धानका लागि प्रहरीले १२ दिन हिरासतमा राख्न अनुमति लिइएको हो । ११ फागुनमा एक बालिकाले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । १५ फागुनमा उनी आफैं प्रहरीसमक्ष पुगेका थिए । यसअघि पहिले पाँच दिन थुनामा राख्न अनुमति लिएको प्रहरीले थियो अनुसन्धान नसकिएपछि पुनः १२ दिन म्याद थप गरिउको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार