काठमाडौं २२, फागुन । कोभिड पछिल्लो २४ घण्टामा ६८ जनामा संक्रमित देखिएको छ ।
पछिल्लो २४ घण्टामा जम्मा ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ४ हजार ९२९ जनामा परीक्षण गर्दा ६८ जनामा संक्रमित देखिएको थियो । सोही समयमा निको हुनेको संख्या ५३८ जना हुँदा २ जनाले ज्यान गुमाएका छन् ।