विषादी सेवन गरेर एकै परिवारका ५ जना बेहोस, एकको मृत्यु

काठमाडौँ २४, फागुन । नार्गाजुन नगरपालिका–६ रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेका छन् ।

रामकोट डाँडापौवास्थित फ्ल्याट भाडामा लिएर बसेका एकै परिवारका पाँच जना सोमबार राति बेहोस अवस्थामा भेटिएका हुन् । राती करिब ९.३० बजे बेहोस अवस्थामा देखेपछि उपचारका क्रममा ३३ वर्षीय सुवर्णमान प्रधानको मनमोहन अस्पताल स्वयम्भूमा गए राति १०.३० बजे मृत्यु भएको महानगरीय प्रहरी परिसरले जानकारी गराएका छन् ।

यस्तै ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधान बोल्न नसक्ने अवस्थामा फेला परेको प्रवक्ता मैनालीले बताउनुभयो । उनीहरुले विषादी औषधि सेवन गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

उनीहरु चारै जनाको मनमोहन अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । काठमाडौँ महानगरपालिका–१५ डल्लु घर भएका उनीहरु नागार्जुनमा भाडामा बस्दै आएका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको उहाँ बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार