काठमाडौँ । उच्च ज्वरो आएपछि पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ काठमाडौंको धापासीमा रहेको ग्रान्डी अस्पताल भर्ना भएका छन् ।
माओवादी केन्द्र पुनलाई उच्च ज्वरो आएपछि अस्पताल भर्ना गरिएको हो । नेता पुन नर्सिङ केयरमा रहेको उनको परिवारले जनाएको छ ।
गत वर्ष जन्डिस बिग्रिएपछि उनको उपचार थाइल्यान्डको बैंककमा गरिएको थियो ।