भक्तपुर २४ फागुन । चाँगुनारयणस्थित बागरेमा परालले छोपेको अवस्थामा शव फेला परेको छ ।
चाँगुनारायण नगरपालिका वडा नं ७ स्थित बागरेमा टहराभित्र गएराति धारिलो हतियार प्रयोग गरि घाटी काटेर परालले छोपेको अवस्थामा महिलाको शव फेला परेको हो ।
प्रहरीका अनुसार तरकारीबारीमा बनाइएको टहराभित्र अन्दाजी ३५–४० वर्षीया महिलाको शव फेला परेको बताएका छन् । परालले छोपेर राखिएको शवमा घाँटी अगाडि भागमा गहिरो चोट लागेको अवस्थामा फेला परेको हो ।
गएराति पौने १० बजेतिर घटनास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोली पुगेको थियो । शवलाई पोष्टमार्टमका लागि दुवाकोटमा रहेको केएमसी अस्पताल पठाएको छ ।