निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं २४, फागुन । स्थानिय तह निर्वाचनका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आवश्यक तयारीमा खट्न निर्देशन दिएका छन् ।

सानेपामा बसेको केन्द्रीय सदस्यहरुको बैठकमा देउवाले कांग्रेसले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा जुट्न निर्देशन दिएको हो । स्थानीय तह निर्वाचनमा घरदैलो अभियान सञ्चालनमा क्रियाशिल हुन आवश्यक निर्देशन दिएको स्रोतले बताएको छ । नेपाली कांग्रेसले २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार