काठमाडौं २४, फागुन । अभिनेत्री रेखा थापाले महिला दिवसमा आयोजित कार्यक्रममा बोल्दै महिलाहरू राजनीतिक र शृङ्गारिक हिसावले प्रतिनिधित्व गर्दैमा परिवर्तन नआउने बताएकी छन् ।
मंगलबार महिला दिवसको दिन आयोजित सडक बहस कार्यक्रममा बोल्दै थापाले महिलाको विषयमा राजनीतिक र शृङ्गारिक हिसावले प्रतिनिधित्व गर्दैमा परिवर्तन नआउने बताएकी हुन् । परिवर्तनका लागि महिलाहरूमा नै चेतनाको स्तर वृद्धि हुनुपर्ने समेत दावी गरेका छन् ।
कार्यक्रममा बोल्दै अहिले चर्चामा रहेको पल शाह काण्डलाई जोड्दै नबालिग गायिकाको पक्षमा बोल्दा पीडा भोग्नु परेको गुनासो समेत पोखिन् । ‘नाबालिकाहरूलाई संरक्षण गर्ने दाइत्व समाजको रहेको भन्दै नाबालिगको विषयमा बोल्दा आफुलाई ‘हार्दिक श्रद्धाञ्जली’ समेत लेखेको गुनासो गरेकी छिन् ।
थापाले पल शाह प्रकरणमा ब्यक्ति व्यक्तिको अभिव्यक्ति हेर्दा चोकचोक र गल्लीगल्लीमा न्यायाधीश र वकिलहरू जन्मेको र ‘अब अदालतको काम नरहेको भन्दै अभिव्यक्तिको कटाक्ष गरेका छन् । उनले भने हिम्मत छ भने अदालत पनि बन्द गराइदिनुस्,