आगलागी हुँदा सुतिरहेका एक जनाको मृत्यु

बर्दिया २५, फागुन । बर्दियाको बारबर्दिया नगरपालिका–९ खैरैनीमा आगलागीहुँदा एक जनाको मृत्यु भएको छ ।

आगलागीबाट मृत्यु हुनेमा १४ वर्षीय दिनेश चौधरी रहेका छन् । मंगलबार राति १०ः१० मा सानु चौधरीको टिनले छाएको घरमा आगलागी हुँदा घर भित्र सुतिरहेका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी गराएका छन् । १४ वर्षीय चौधरी घरमा एक्लै सुतिरहेको बेला आगलागी भएको थाहा नभएकाले उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रहरी चौकी कतर्नियाघाट र इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले टोलीले १०स्५५ मा आगो नियन्त्रणमा लिएको थियो । शवलाई पोस्टमार्टमका लागि बर्दिया अस्पताल गुलरियामा लगिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार