एसईईमा उमेर हद हट्ने कक्षा १२ मा लागु हुने

काठमाडौं २५, फागुन । एसईईमा लागु भई रहेको उमेर हद यो वर्षदेखि लागु नहुने भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) मा हालसम्म १४ वर्ष उमेर पूरा भएकाले मात्र दिन पाउने प्रावधान रहेको थियो उक्त उमेर हद यसबर्ष देखि हटाउने भएको हो ।

तर एसईईमा उमेर हद नलाग्ने भएपनि कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई भने उमेर हद लागु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बताए  अनुसार अब एसएलसी भनेको कक्षा १२ हो । त्यहाँ भने उमेर हद लागु हुने बताएका छन् ।

कक्षा १२ एसएलसीमा कति उमेर हद लागु गर्ने भन्ने कानूनतस् अधिकार बोर्डलाई भएकोले बोर्डले निर्णय गर्ने प्रवक्ता दिपक शर्माले जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार