कांग्रेस सुकेको रुख हो : केपी ओली

विराटनगर २५, फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसलाई फाइदा हुने गरि निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको बताएका छन् ।

मोरङको रंगेलीमा आयोजित कार्यक्रममा कार्यक्रमलाई सम्बोधन गर्दे ३० बैशाखमा स्थानिय तहको निर्वाचनका लागि निर्वाचन आयोगले कांग्रसेलाई फाइदा हुने गरेर मतपत्रको रङ हरियो बनाउन खोजेको आरोप लगाएको हो ।
निर्वाचन आयोग कांग्रेसतिर झुकेको भन्दै ओलीले मतपत्रको रङ रातो राख्नुपर्ने बताए ।

ओलीले काङ्ग्रेसलाई बुढो रूखको संज्ञा समेत दिएका छन् उनले भने बुढो रूख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको दावी गरे । अन्तमा कांग्रेस सुकेको रुख हो भन्र्दै ‘सुकेको रुखको कुरा गर्न आवश्यक नभएको पनि बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार