जफत गरिएको ड्रोन लिलाम बिक्री

काठमाडौं २५, फागुन । अनुमतिबिना उडाएर जफत गरिएको २० वटा ड्रोन नेपाल नागरिक उड्डयन प्राधिकरणले लिलाम बिक्री गर्ने भएको छ ।

ड्रोन उडाउन अनुमति लिनु पर्ने हुन्छ अनुमतिबिना उडाइएको ड्रोन जफत भएपछि गृह प्रशासनबाट प्राधिकरणमा बुझाउने गरिन्छ जफत भएको ड्रोनहरू प्राधिकरणले बुधबार बोलपत्र आह्वान गर्दै ड्रोन लिलामका लागि आह्वान गरेको हो ।
२० वटा ड्रोनका लागि न्यूनतम मूल्य ७ लाख ५९ हजार ४ सय ८ रुपैयाँ राखिएको छ । खरिद गर्न इच्छुकहरुले १५ दिन भित्र सिलबन्दी बोलपत्र दिने सक्ने प्राधिकरणले जनाएको छ । ड्रोन मठमन्दिर, सम्पदा तथा सुरक्षा सम्वेदनशील क्षेत्रहरुमा अनुमति बीना उडाएको पाइएमा प्रहरीले नियन्त्रणमा लिन सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार