संखुवासभा २६, फागुन । सङ्खुवासभाबाट दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ ।
बिहीबार बिहान मादी नगरपालिका–६ को पुलुड्ड स्थित सात घुम्तीमा ना ४ ख ७३५ नम्बरको बस दुर्घटना दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो । सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको संखुवासभा प्रहरीले जानकारी दिए ।
अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १४ जनाको शव निकालिएको छ । मृत्उू भएकाहरूको पहिचान भने भएको छैन । दुर्घटनामा पाँच जनाको जिवितै उद्धार गरिएको छ । घाइतेहरुको चैनपुर अस्पतालमा उपचार भइ रहको छ । वस दुर्घटना हुनुको यकिन विवरण आइनसकेको प्रहरीले बताएको छ ।