काठमाडौं २६, फागुन । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले पार्टीमा प्रवेश गर्ने भएकी छन् ।
बिहीबार बालकोट पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेकी छन् । उक्त भेटमा मानन्धर र एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको हो ।
उनले भनिन् छलफल भएपनि प्रवेशको टुङ्गो नभएको तर छिट्टै एमाले प्रवेश गर्ने बताइन् । पार्टी प्रवेशका लागि आफुले पहिलेदेखि नै सोच बनाएको समेत बताइन् । मानन्धर एक समय तत्कालीन नयाँ शक्ति पार्टीमा आवद्ध भएपनि हाल केही वर्षयता राजनीतिमा देखिएका छैनन् ।