धरानमा चाम्लिङ खाम्बातिमको पाँचौँ राष्ट्रिय सम्मलेन

धरान २७, फागुन । किरात राई चाम्लिङ खाम्बातिमको पाँचौँ राष्ट्रिय सम्मेलन सुनसरीको धरानमा हुने भएको छ ।

चाम्लिङ खाम्बातिमको पाँचौँ राष्ट्रिय सम्मेलन धरानमा भोली देखि २८, २९ र ३० गते तीन दिन हुने भएको हो । राष्ट्रियस्तरमा खाम्बातिमको पाँचौँ राष्ट्रिय सम्मेलन धरानमा पहिलो पटक हुन लागेको हो । पहिलो दिन धरानको किरात राई यायोक्खा जिल्ला कार्यसमितिको भवनदेखि र्याली निकालिनेछ धरान परिक्रमा गरेर भानुचोकमा पुगेपछि र्याली सभामा परिणत हुनेछ उक्त सभालाई सम्बोधन गर्न प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईको उपस्थिति रहने उपाध्यक्ष चन्द्रा चाम्लिङले बताएका छन् ।

किराँत चाम्लिङ भाषाको प्रवद्र्धन गर्न, इतिहास र संस्कृतिको उजागर गर्ने यो सम्मेलनको मुख्य उदेश्य रहेको छ । चाम्लिङ राईहरु भित्र ६ सय भन्दा माथि पाछाहरू रहेका छन् । ती सबै पाछाका प्रनिनिधिहरूको सहभागीताका लागि आयोजकले जोड दिएका छन् । उपाध्यक्ष चाम्लिङका अनुसार राईहरू भित्र ६ सय भन्दा माथि पाछाहरू छन् अहिले सम्म कुन पाछाको संख्या कति छ थाहा छैन त्यसको खोजी र पाछागत सम्बन्ध बलियो बनाउन पनि सबै पाछाका प्रतिनिधिहरू यो पाँचौं राष्ट्रिय सम्मेलनमा सहभागी हुन आवश्यक भएको समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार