जङ्गलमा लुकाएर राखेको ठूलो संख्यामा सकेट बम फेला पर्यो

रुकुम २७, फागुन । रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ प्वाङको बुर्केसल्ला जङ्गलमा ठूलो संख्यामा सकेट बम फेला परेको छ ।

जंगलमा ठुलो संख्यामा प्लाष्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा सकेट बम फेला परेको हो । बिहीबार दिउँसो गोठालो गएका स्थानीयवासीले उक्त वस्तु देखेपछि वडा कार्यालयमा जानकारी गराएको थियो । इलाका प्रहरी कार्यालयमा खबर गरेपछि टोली शंकास्पदबस्तु भएको ठाउँमा पुगेका थिए ।

जङ्गलमा ओढार भित्र लुकाएर राखेको वस्तु सकेट बम रहेको प्रहरीले जनाएको छ । बमको संख्या यकिन नभए पनि दर्जन भन्दा धेरै नै रहेको अनुमान गरिएको छ ।

शुक्रबार जिल्ला सदरमुकाम रुकुमकोटबाट नेपाली सेनाको टोली गएर निस्क्रिय पार्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार