एमसीसी टेण्डरका लागि तयार रहन निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं २७, फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित भइसकेपछि पूर्वाधार निर्माणको ग्लोबल टेण्डरमा सहभागी हुन नेपालका निर्माण व्यवसायीलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्रीले नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभालाई सम्बोधन गर्दै एमसीसी पारित भइसकेपछि पूर्वाधार निर्माणको ग्लोबल टेण्डरमा सहभागी हुन निर्माण व्यवसायीलाई आह्वान गरेको हो ।
एमसीसी सम्झौता अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालका निर्माण व्यवसायीले पनि यसमा भाग लिन आग्रह गरेका छन् ।

एमसीसीमा ग्लोबल बिडिङ हुने र त्यसमा नेपालको ठेकेदारले पनि प्रतिस्पर्धा गरेर निर्माण कार्यमा सहभागी हुनपर्ने बताए । अन्तर्राष्टिय बिडिङ हुँदा संसारका जो कोही पनि आउन सक्ने र त्यसमध्ये नेपालका निर्माण कम्पनीहरू धेरैभन्दा सहभागी हुनुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार