काठमाडौं २७, फागुन । बोटलर्स नेपालविरुद्ध पूँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको छ ।
राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा बोटलर्स नेपालविरुद्ध पूँजीगत ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बराबरको कर छली मुद्दा दायर गरेको हो । विभागले बोटलर्स नेपाल बिरुद्ध लाभकर छलीमा अनुसन्धान गर्दै आएको थियो । बोटलर्स नेपालले एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा पूँजीगत लाभकर छलेको आरोप छ ।