माेटरसाइकल दुर्घटनामा तीन जनाकाे मृत्यू

चितवन, २८ फागुन। चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इच्छाकामना गापा २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा इच्छाकामना गापा २ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार दुर्घटना हुँदा घटनास्थलमै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो ।

मोटरसाइकल रमाइलो डाँडा नजिक अनियन्त्रित भएर सडकबाट खसेको थियो ।

मृत्यु हुनेमा चितवनको इच्छाकामना–३ का ३० वर्षीया तृकी गुरुङ र उनकी छोरा ५ वर्षीया आरोन गुरुङ र इच्छाकामना–२ बस्ने वर्ष ३४ को नवीन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएकाे छ ।

शव परीक्षणको लागि भरतपुर अस्पतालमा लगिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार