काठमाडौं २८, फागुन । पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
साेही समयमा ५ हजार ६२ जनामा गरिएको नमूना परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । १९२ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् उक्त समयमा मृत्यूदर शून्य रहेकाे छ ।
हाल देशभर संक्रमित संख्या ५०५० रहेकाे मन्त्रालयले बताएका छन् ।