विद्युत् प्राधिकरणले एक बर्षभित्र १३२ केभी प्रशारण लाइन विस्तार गरिसक्ने

काठमाडौं २८, फागुन । नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले अबको एक वर्षभित्रै १३२ केभी प्रशारण लाइन विस्तार गर्ने गरिसक्ने बताएका छन् ।

निर्देशक घिसिङले कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीसँगको भेटमा एक बर्षभित्र १३२ केभी प्रशारण लाइन विस्तार गरिसक्ने बताएकाे हाे ।

कर्णालीका पाँच जिल्लामा दुई–दुई मेगावाटका सोलार प्लान्ट स्थापना गर्ने प्रक्रियाको पनि थालनी भएको र कैलालीको सोल्टा र दाङ हुँदै सल्यानबाट समेत ३३–३३ केभी प्रसारणलाइन ल्याउने प्रक्रिया अघि बढी सकेकाे बताएका छन् ।
भेटघाटमा मुख्यमन्त्रीले घिसिङलाई कर्णालीमा विद्युत् उत्पादनको सम्भावना धेरै भएपनि हाल आठ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको जानकारी गराएका छन् ।

कर्णालीवासीले ३३ केभी प्रसारण लाइनका कारण विद्युतकाे भाेग्नु परेकाे समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार