काठमाडौं २९, फागुन । नेपाली काँग्रेस पार्टी स्थानीय तहकाे निर्वाचनको तयारीमा लागेकाे छ ।
‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ भन्ने मुलनारासहित आजबाट ७७ वटै जिल्लामा काँग्रेसको एक महिने चुनावी अभियान सुरु हुन लागेको हो ।
एक महिने चुनावी अभियान कार्यक्रमका लागि पार्टीले खटाएका केन्द्रीय प्रतिनिधिहरू जिल्ला जिल्लामा पुगिसकेका छन् ।
काँग्रेसलाई चुनावमा विजयी गराउन वडा र टोल तहसम्म पुगेर संगठन गर्ने जिम्मेवारी केन्द्रीय प्रतिनिधिलाई दिइएको छ ।
अभियान सञ्चालन हुन अघि नै जिल्लादेखि क्षेत्रीय समितिका बैठकहरू काँग्रेसले सम्पन्न गरिसकेका छन् ।अाजबाट