असोज २८ मा रिलिज हुँर्दै ‘हिजोआजका कुरा’

काठमाडौं ३०, फागुन । नेपाली कथानक फिल्म ‘हिजो आजका कुरा’ असोज २८ गते रिलिज हुने भएको छ । फिल्म निर्माणताले वितरकसँगको छलफलबाट आउँदो नयाँ बर्षको असोज २८ गते फिल्म रिलिज गर्ने मिति तय गरेको हो ।
हिजो आजका कुरा साकार पन्तको निर्देशन रहेको छ । २०७७ वैशाख १२ गते प्रदर्शन गर्नका लागि तयार गरिएपनि कोरोना महामारीका कारण तोकिएको मितिमा रिलिज हुन सकेको थिएन ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा कलाकार सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव पन्त, रिमा विश्वकर्मा, जयनन्द लामा, जेविका कार्की लगायत रहेका छन् । फिल्मका निर्माता कलाकारमा देखिएका सन्तोष पन्त रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार