गजल

कोही मान्छेको औधी पवित्र मन हुन्छ
कोही भन्छन् संसारकै ठूलो धन हुन्छ ।

थोरै अरुको भलाइको काम गर्नुस् तपाईं
दुश्मन भन्दा अलिक धेरै मित्रजन हुन्छ ।

राम्रो काम गर्ने लाई राम्रो मात्रै नसोच्नु
उनीहरूको अघिपछि धेरै दुश्मन हुन्छ ।

मृत्युु निश्चित छ मर्नु पर्छ एकदिन सबैले
त्यो दिन रित्तो धरती अनि गगन हुन्छ ।

केवल आफूलाई मात्रै महान भन्ठान्नेको
मन बुझेको छु उ भित्र स्वार्थ झन् हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार