काठमाडौं ३०, फागुन । सोमबार सेयर कारोबार रोकिएको छ । सेयर कारोबार प्रणालीमा समस्या आएपछि दुई घण्टा पनि नचली कारोबार रोकिएको हो ।
समस्या आएपछि १२ बजेर ५३ मिनेटदेखि कारोबार हुन नसकेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । ब्रोकर कम्पनीहरुको डाटा सेन्टरमा देखिएको समस्याका कारण कारोबार रोकिएको हो ।