शनिबार भेरी नदीमा बेपत्ता भएका बालबालिका अझै भेटिएन

काठमाडौं ३०, फागुन । शनिबार भेरी नदीमा बेपत्ता भएका सुर्खेतका बालबालिका अझै भेटिएका छैनन् ।

नुहाउने क्रममा भेरिगंगा नगरपालिका–११ रामघाटस्थित रानीबगर घाटस्थित भेरी नदीमा शनिबार साँझ पाँच बजेतिर ३ जना बालबालिका बेपत्ता भएका थिए ।

बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीया गंगा खड्का, ८ वर्षीय कृष्णा सिंजाली र १० वर्षीय दिनेश बुढा रहेका छन्। उनीहरुको खोजी कार्य निरन्तर भएपनि अहिलेसम्म कुनै अत्तोपत्तो लाग्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी गरिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार