निर्वाचन आचारसंहिता तयार गर्दै निर्वाचन आयोग

काठमाडौं ३०, फागुन । निर्वाचन आयोगले स्थानिय तहको निर्वाचनका लागि आचारसंहिता तयार गरिरहेको बताएका छन् ।

आगामी बैशाख ३० गते हुने निर्वाचनको निर्वाचन आचारसंहिता तयार गरि रहेको जनाएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहितालाई अन्तिम रुप दिन आयोग र कानुन मन्त्रालयबीच छलफल भइरहेको बताए ।

‘आचारसंहिता निर्माण र छलफलकै क्रममा रहेको र पास भएपछि राजपत्रमा प्रकाशित हुनेछ । आयोगले निर्धारण गरेको उम्मेदवारको खर्चलाई विभिन्न संयन्त्रबाट अनुगमन गर्ने व्यवस्था मिलाएको जनाएको छ । ‘आयोगको विश्वास निर्वाचन खर्चिलो हुनुहुँदैन भन्ने रहेको छ । आचारसंहिता दलहरुले पनि पालना गर्नुपर्ने र निर्वाचन भड्किलो बनाउन नहुने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार