तत्कालका लागि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द

काठमाडौं ३०, फागुन । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी साधन अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन दिन बन्द गर्ने भएको छन ।

हालसम्म अनलाइन फम भरेकाहरूको आवेदनको टुंगो लगाउनुपर्ने भएकाले तत्कालका लागि अर्को सूचना जारी नभएसम्म अनलाइन आवेदन बन्द रहने विभागले जनाएको हो ।

अनलाइन सेवा सुरू भएपछि धेरैको आवेदन परेपनि कोरोना महामारीका कारण लामो समयदेखि विभागले सवारीसाधन अनुमतिपत्र लाइसेन्स सहजै उपलब्ध गराउन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार