निर्वाचन सुरक्षामा सशस्त्र र सेनालाई पनि खटाउन प्रहरी प्रधान कार्यालयकोे प्रस्ताव

काठमाडौं १, चैत । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि प्रहरीले मात्रै सुरक्षा दिन नसक्ने विश्लेषण गरेर प्रहरी प्रधान कार्यालयले सशस्त्र प्रहरी र सेनालाई पनि सुरक्षामा खटाउने प्रस्ताव गरेको छ ।

स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० का लागि प्रहरीले मात्रै सुरक्षा दिन नसक्ने विश्लेषण गरेर केही ठाउँहरुमा प्रहरी प्रधान कार्यालयले सुरक्षा जिम्मा सशस्त्र प्रहरी र सेनालाई पनि दिने प्रस्ताव गरेको हो ।

गृह मन्त्रालयका एकजना उच्च अधिकृतका अनुसार मतदानस्थल र केन्द्रमा थोरै प्रहरी परिचालन गर्ने वा केही ठाउँमा सशस्त्र र सेनालाई खटाउने गरी कार्यविधि बनाउन प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा प्रस्ताव पठाएको बताएका छन् । निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार म्यादी प्रहरी आवश्यक रहेको प्रस्ताव राखेको भएपनि अर्थ मन्त्रालयले १ लाख मात्र भर्ना गर्न स्वीकृति दिएको छ ।

२०७४ को स्थानीय निर्वाचन भन्दाबढी यसपटक मतदान स्थल र केन्द्र थपिने भएको छ । मतदान स्थल ८५ र मतदान केन्द्र ३ हजार भन्दा बढी राखिने जानकारी गराएका छन् । निर्वाचन आयोगले थपिएको निर्वाचन केन्द्र र स्थलबारे चैत दोस्रो साताभित्र सार्वजनिक गर्ने बताएको छ । मतदान केन्द्र अनुसार सुरक्षाकर्मीको संख्या केन्द्रिय सुरक्षा परिचालन समितिबाट निर्णय गरेर निर्धारण हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार