समाजिक सञ्जालमा जातीय विभेद हुने स्टाटस लेख्दा, दुई महिना जेल

दीपायल १, चैत । जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको आरोपमा एक जना युवालाई दुई महिना कैद सजाय हुने भएको छ ।

आइतबार धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबुकमा अभिव्यक्ति दिएको आरोपमा उच्च अदालत दीपायलले कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेलाई दुई महिना कैद सजायको फैसला गरेको हो ।

पाण्डेलाई जिल्ला अदालत कैलालीले २०७७ मंसिर ३० गते पाँच सय रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । उक्त फैसला त्रुटिपूर्ण रहेको भन्दै उच्च अदालत दीपायलले दुई महिना कैद फैसला सुनाएको हो। जात करे उत्पात भनेको यही हो’ भन्दै वडलाई लक्षित गरी पाण्डेले सामाजिक सञ्जाल फेसबुक लेखेर जातीय विभेद गरेको आरोप लागेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार