काठमाडौं १ चैत । स्थानिय तह निर्वाचनका लागि आवश्यक एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलेकाे छ ।
निर्वाचनका लागि आवश्यक म्यादी प्रहरीकाे आवेदन प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेकाे हाे ।
दर्खास्त फारम सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने भनिएको छ । म्यादी प्रहरीमा १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन पाउनेछन् ।
चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।
म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका छन् ।
म्यादी प्रहरी भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइने सूचनामा भनिएको छ ।
हेर्नुस् सूचना