गठबन्धन दुइटै पक्षलाई आवश्यक छ : मन्त्री झाँक्री

काठमाडौं २, चैत । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा चुनावी गठबन्धन गर्ने बताएकी छिन् ।

नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय सचिवसमेत रहेकी मन्त्री झाँक्रीले जिल्ला कमिटी कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै आगामी निर्वाचनसम्म मुद्दा र आवश्यकताका आधारमा गठबन्धन कायम रहने बताएकी हुन् ।

उनले भने, मुद्दा र परिस्थितिले आज हामी एक ठाउँमा आएका छौं । गठबन्धन दुइटै पक्षलाई आवश्यक छ । त्यसकारण हामी गठबन्धन गर्छौं ।’ मन्त्री झाँक्रीले आगामी दिनमा पनि मिलेर सरकार बनाउनुपर्नेमा जोड दिनुपर्ने बताएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार