फेरि पेट्रोलियम पदार्थको मूल्य बुद्धि, भारतले पठायो नयाँ मूल्यसूची

काठमाडौं २ चैत । पेट्रोलियम पदार्थको मूल्य फेरी बढेर आएको छ ।

बुधबार नेपाल आयल निगमले विज्ञप्ति जारी गर्दै भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएको जानकारी दिएको हो । रुस–युक्रेन दुई देश बीचको कारण भारतले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँ, डिजेल २४।४९ र हवाई इन्धन १८.८९ रुपैयाँ बढेर आएको छ । बढेर आएको मूल्यसँगै १५ दिनमा करिब ५ अर्ब ३० करोड घाटा हुने स्थिति देखिएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ । बढेर आएको मूल्य आएपनि उपभोक्ताका लागि दिइने मूल्य निर्धारण गरिएको छैन । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३२.८१, डिजेलमा ३६.४४ रुपैयाँ घाटा हुने देखिएको निगमले विज्ञप्ति जनाएका छन् । तर मट्टितेल, हवाइ इन्धनमा निगमलाई घाटा छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार