सरकारले व्यक्तिगत युट्युब च्यानललाई नियन्त्रण गर्न खोजेको होइन : सचिव बैकुण्ठ अर्याल

काठमाडौं २, चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले व्यक्तिगत रुपमा चलाएको युट्युबलाई नियन्त्रण गर्न नखोजेको बताएका छन् ।

मंगलबार मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले व्यक्तिगत युट्युबलाई सरकारले नियन्त्रण गर्न नखोजेको प्रष्टीकरण दिएको हो । सचिव डा. अर्यालले एक कार्यक्रममा बोल्र्दै व्यक्तिगत युट्युब च्यानलमा सरकारले हस्तक्षेप नगर्ने तर सञ्चार माध्यमको रुपमा सञ्चालित युट्युब टेलिभिजनहरु कानुनको दायरामा आउनुपर्ने बताए ।

युट्युवमा अभिव्यक्ति स्वतन्त्रता र वाक स्वतन्त्रताले व्यक्तिगत गोपनीयताको अधिकार हनन गर्न सक्ने भएकाले नियन्त्रण गर्न खोजिएको बताए । उनले भने, ‘पैसा तिरेर जे पनि गर्न पाइने भन्दै प्रश्न सोध्न थालिएको भन्दै कानून अनुसार चलाउनको लागि नियमन गर्न लागिएको हो । सबै कुरामा नियन्त्रण गर्ने भन्दैमा नकारात्मक रुपमा मात्रै हुँदैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार