फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल लिटरको १५५ रुपैयाँ

काठमाडौं २, चैत । नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागुहुने गरेर इन्धनको नयाँ मूल्य निर्धारण  गरेकाे छ ।
निगमकाे सञ्चालक समितिको बैठकले मध्यरातिदेखि लागु हुने गरी प्रतिलिटर ५ रूपैयाँले डिजेल मट्टीतेल र पेट्रोलको मूल्य बढाएको हो ।

नयाँ मूल्य निर्धारण गरेसँगै पेट्रोल लिटरको १५५ रुपैयाँ हुनेछ मट्टितेल र डिजेलको १३८ रुपैयाँ हुनेछ ।
हवाई इन्धनतर्फ प्रतिलिटर १५१ रुपैयाँ पुगेको भएकाे छ । भने अन्तराष्ट्रियतर्फ प्रति किलोलिटर २०० डलर बढेको छ ।
खाना पकाउने एलपी ग्यासको मूख्य भने बढाईएकाे छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार