नदीमा नुहाउने क्रममा बेपत्ता तीनजनाको शव भेटियो

नदमिा नुहाउने क्रममा बेपत्ता भएका तीन बालिकाको शव भेटिएको छ ।

गत शनिबार बेलुकी पाँच बजेतिर नुहाउने क्रममा भेरी नदीमा बेपत्ता भएका तीन जनामध्ये एक जनाको बुधबार र दुईजनाको बिहीबार शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार लेकवेशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढाको भेरीगंगा नगरपालिका–२ स्थित भेरी पुल नजिकै बुधबार शव भेटिएको थियो । भेरीगंगा नगरपालिका–११ का १२ वर्षीय कृष्ण सिंजालीको बिहीबार दिउँसो दिउँसो १ बजे र सोही ठाउँकी १२ बर्षीय गंगा खड्काको साँझ पाँच बजेतिर शव फेला परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार