काठमाडौं ४, चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयर फोर्सको कार्गो जहाज आएर फर्किएको छ । शुक्रबार काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आएलगत्तै सामाजिक सञ्जालमा धेरैले टिप्पणी गरेका छन् ।
यतिबेला उक्त विमानको फोटो र भिडियो राखेर चर्चा गर्न सुरू भएको छ । विमानस्थलका अनुसार कार्गो जहाजले अमेरिकी दूतावास र कूटनीतिक निकायका सामग्री ल्याएको र ‘यो पहिलो पटक नभई यसअघि पनि कूटनीतिक नियोगका सामग्री लिएर आउने गरेको बताए ।
शुक्रबार बिहान सवा ९ बजे काठमाडौं आएको जहाज पौने १२ बजे अमेरिका फर्कि सकेको छ ।