विनाभन्सार नेपाल भित्र्याइएको सामान बरामद

पर्सा ४, चैत । सशस्त्र प्रहरीको टोलीले पर्साबाट विनाभन्सार नेपाल भित्र्याइएको सामान बरामद गरेको छ ।

पर्साबाट विनाभन्सार नेपाल भित्र्याएको सामान रु दुई करोड ८५ लाख बराबरको सामान सशस्त्र प्रहरीको टोलीले पर्साबाट बरामद गरेको हो। भन्सार छलेर भित्र्याएको सामग्रीमा कपडा, इलेक्ट्रोनिक सामान, हार्डवेयर, मोटर पार्टस, खाद्यपदार्थ र किराना पसलका सामानहरु रहेका छन् । बरामद गरिएका सामान वीरगञ्ज भन्सार कार्यालय र बारास्थित राजस्व अनुसन्धान कार्यालयमा जिम्मा लगाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार