होली खेलेर सेल्फी खिच्ने क्रममा लडेर मृत्यु

काठमाडौं ४, चैत । तारकेश्वर नगरपालिका–५ गोलढुङ्गामा सेल्फी खिच्ने क्रममा लडेर एकजनाको मृत्यु भएको छ ।

होली खेलेर सेल्फी खिच्ने क्रममा आफ्नै घरको चौथो तलाको रेलिङ भाँचिएर गोलढुंगा बस्ने ४३ वर्षीया जीवनकुमारी खड्काको उपचारको क्रममा मृत्यु भएको हो ।

लडेर गम्भीर घाइते भएकी खड्काको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा मृत्यू भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार